Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114
पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी | Jeetpur Khabar
Sunday, March 16
Shadow

पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

धर्मेन्द्र कुमार साह,

पुरेनवा दरवार अहिलेको गौर नगरपालिकामा पर्छ । गौर नगरपालिका वार्ड नम्बर ८ पुरेनावामा बनाइएकोले पनि त्यसलाई पुरेनावा दरवारको रुपमा चिनिन्छ ।

बिक्रम संवत .१९८१ मा निर्माण गरिएको पुरेनावा दरवार माओवादी जनयुद्ध चरममा पुगे देखि हाल नेपालि सेनाको नियन्त्रणमा रहेको छ । तत्कालिन समयमा सो दरवार निर्माणको लागि भारतीय शहर सितामढिबाट मिस्त्री तथा कालिगढहरुलाई बोलाइएको थियो । दरवारमा लागेका सामाग्रीहरु फ्रान्स,जापान तथा बेलायतका बिभिन्न शहरबाट ल्याइएका थिए । सो दरवार निकैनै कलात्मक र भब्य रुपमा बनाइएको छ । पुरेनावा दरवार तत्कालिन राणा तुङ्ग शम्सेर र तिनका परिवारको लागी निर्माण गरिएको थियो । तुङ्ग शम्सेर राणा खंग शम्सेर राणाका छोरा हुन् । खंग शमसेरलाई पाल्पा दरवारको राजा समेत मानिन्छ । दरवार बन्दा सम्म राणाहरु सो ठाउबाट करिब २ किलोमिटर उत्तर हजमिनियामा बस्ने गरेका थिए । सोहि ठाउलाई अहिले हजमिनिया दरवार भनिन्छ ।

त्यति खेरमा देशमा राजनीतिक गुटबन्दि, षड्यन्त्र र अस्थिरता रहेको थियो । राणाकालिन समयमा हुने प्रधानमन्त्रिहरुले सत्ता हस्तान्तरणको लागि आ आफ्नो अनुकुल हुने गरि कानुनहरु बनाउने चलन थियो । सत्ता छोराको बदला आफ्नो भाई भारदारहरुमा हस्तान्तरण हुने प्रचलन चलेको थियो । तत्कालिन प्रधानमन्त्रि श्री ३ बिर शम्सेर जंग बहादुर राना पछि आफ्नो अनुकुलको प्रधानमन्त्रि बनाउनको लागि तुङ्ग शमशेर राणा ष्ड्यन्त्र गरिरहेको कुरा बाहिरिएको थियो । तत्कालिन समयमा सत्ताच्युत गर्न हत्या सम्मको षड्यन्त्र बनाउनु सामान्य कुरा थियो ।

कोत पर्व ,भण्डारखाल पर्व,१९३८ र १९४२ का हत्या षड्यन्त्रहरु भैसकेको थियो । तुङ्ग सम्शेरले गर्न लागेको षड्यन्त्र बारे जानकारी भएपछी तत्कालिन प्रधानमन्त्री बिर शम्सेर जंगबहादुर राणाले निजको परिवार सहित देश निकाला गरिदिए । साथै उनलाई सिमावर्ती भारतीय राज्यहरुमा समेत बस्न नमिल्ने गरि देश निकाला गरिएको थियो । देश निकाला गरी पछि तुङ्ग शम्सेर परिवार सहित भारतको मध्यप्रदेशको सागर भन्ने शहरमा आश्रय लिएका थिए । उनका तिन छोराहरु मध्ये जेठो छोरा द्रोण शम्सेर राणालाई रौतहटले राम्रो संग चिनेको छ । देश निकाला हुदा निर्वासन जीवन जिउने क्रममा द्रोण शम्सेर भारतीय फिल्म जगतमा अभिनिया समेत गर्ने गरेको भनिन्छ । एक प्रशंग अनुसार द्रोण शमसेरलाई फिल्मबाट समेत निकालिएको थियो । बम्बे ( हालको मुम्बई ) बसाईको क्रममा उनि फिल्ममा अभिनय गर्ने गरेका थिए l एक फिल्म सुटिङ्गको समयमा भारतीय अभिनेत्री मधुवालालाई अनपेक्षित ढंगले छोएको भन्दै उनलाई फिल्म खेल्नबाट प्रतिबन्धित गरिएको थियो ।

अभिनयको क्षेत्रमा प्रतिबन्धित भएपछी द्रोण शम्सेर पुनः मध्य प्रदेशको सागरमा गएर बस्न थालेका थिए । यता नेपालमा भन्ने राजनीतिक परिदृश्य फेरिदै गएको थियो । केहि समय पछि तुङ्ग शमसेरको अनुकुल हुने गरि सत्ता हस्तान्तरण भैसकेको थियो । नेपालमा फेरिएको राजनीति घटनाक्रम संगै तुङ्ग शम्सेर र उनका परिवारले नेपाल फिर्ता आउँ पहलहरु सुरु गरेको भनिनिन्छ तत्कालिन प्रधानमन्त्री चन्द्र शम्सेर जंगबहादुर रानाले तुङ्ग शम्सेरलाई नेपाल फिर्ता हुन् दिने तर सिमावर्ती क्षेत्रको तराईमा मात्रै बस्न मिल्ने गइ आदेश दिएपछि उनी तुङ्ग शमसेरको लागि पुरेनावामा दरवार बनाइएको थियो । उनलाई भैरहवा , बिरगंज लगायतका शहरमा समेत बसाउने प्रयास भएपनि तुङ्ग शम्सेरकै अडानमा गौरको पुरेनावामा दरवार बनाइएको भनिन्छ । उनले आफ्नो परिवार सहितको जीवन यापनको लागि कयौ सय बिघा जग्गा बिर्तामा पाएका थिए । हालको गौर नगरपालिका क्षेत्र पनि उनी तुङ्ग शम्सेर र द्रोण शम्सेरहरुको बिर्ता रहेको थियो ।

पुरेनावा दरवारको बनौट आलिशान र सबै खालेसुबिधा सम्पन्न महलको रुपमा गरिएको छ । एक प्रसंग अनुसार तत्कालिन समयमा राणाहरुको इच्छा बिपरितको कार्य गरेको पाइएमा ( त्यसलाई कानुन बिपरितको काम भनिन्थ्यो ) सजाय दिनको लागि दरवार भित्रै अलग अलग कोठाहरु निर्माण गरिएको थियो । अपराध अनुसारको सजायको लागि अरिंगाल (हाडा) ले भरिएको घर , बिरहनिले भरिएको घर,सर्पले भरिएको घर तथा छुचुन्दरले भरिएको कोठाहरु बनाइएको थियो ।

हालको गौर नगरपालिका वार्ड नम्बर २ महादेवपटि निवासी जनाकधारी पासवानलाई छुचुन्दराले भरिएको घरमा बन्द गरि राखिएको कथा प्रचलित छ । पुरेनावा दरवारको इतिहास बारे जानकार रहेका सेवा निवृत शिक्षक विजय किशोर झाले सो प्रसंग स्मरण गर्नु हुन्छ । वहाले गौर निवासी सिताराम अग्रवाल ( बिस्वनाथ अग्रवालको बुवा ) को घरमा पुजा रहेको मौकामा उनले जनाकधारी पासवानलाई अशोकको पात ल्याउन अर्हाउदा दरवारको छेउछाउमा रहेको अशोकको रुखबाट पात काटेको निहुमा उनलाई दण्ड स्वरुप छुचुन्दर भरिएको घरमा राखिएको थियो ।

अर्को प्रसंगले पनि पुरेनावा दरवारको हैकमवादी र राणाशाही शासन व्यबस्थाको कथा भन्छ । भनिन्छ पुरेन्वा दरवारबाट तुङ्ग शम्सेर तथा उनका छोराहरुको सवारी हुनसाथ स्थानीयहरू लुकाउने गर्थे । उनलाई स्थानियहरुले दान चढाई सुतेर नमस्कार गर्ने चलन थियो । उनका सिपाहीहरु भन्ने गाउमा आफुले मन पर्ने जुनै पनि समान लिएर हिड्न सक्थे । स्थानियाहरुलाई बिरोध गर्ने शाहस थिएन । पुरेनावा दरवारमा २४ घण्टानै समय अनुसारको बाध्यवाजन र संगीतको ब्यबस्थापन गरिएको थियो । एक बिहानै पराती गाउने व्यक्तिहरुको डियुटि हुन्थ्यो भन्ने सोहि अनुसार भजन,गित गाउने र बजाउनेहरुको समय निर्धारण गरिएको हुन्थ्यो । भनिन्छ तुङ्ग शम्सेर र उनका परिवार राजनीति पद धारण नगरेपनि जिल्लाको प्रशासनिक अड्डाहरु भन्ने उनको इशारा बिना कुनै काम गर्दैनथ्य ।

तुङ्ग शमसेरको देहवासन पछि भन्ने द्रोण शम्सेर राजनीतिमा आएको थियो । पंचायती व्यवस्थामा उनि निरन्तर निर्वाचित भैरहे । उनि जिल्ला सभापति रहेर समेत काम गरेका थिए । उनलाई राजनीतिमा गुजेश्वारी प्रसाद सिंह (केशर वावु ), परमानन्द साह, हरिहर यादव शेख सेराज लगायतका हरुले समय समयमा चुनौती दिएपनि राज घरानासंगको सम्बन्धको बलमा उनि आफ्नो शासन ब्यबस्था भन्ने कायमै राखे । पंचायती ब्यबस्था अन्तिम चरणमा पुग्न लागेपछि उनीहरु दरवार छोर्दै काठ्माण्डौ छिरेका थिए । बिक्रम संवत २०४० साल भाद्रमा उक्त दरवार तत्कालिन श्री ५ को सरकार संग ९५ लाख रुपैयामा बिक्रि गरेको अभिलेखहरु रहेको छ । उनले पछि पाएको बिर्ताका जगाहरु सरकार संग करिब १ करोड १६ लाखमा सम्झौता गरेका थिए । कतिपय जग्गाहरु उनका कानुनि वारिस बेचुबहादुर थापाले बेचेका थिए । २०४६ साल देखि २०५६ साल सम्म नेपाल प्रहरीका ११ जनाको टोलि सुरक्षार्थ खटाइएको थियो । माओवादी युद्ध बढ्न थालेपछि नेपाल प्रहरीका उक्त टोलि ब्यारेक फिर्ता भए संगै सो दरवार पिकनिक स्थलको रुपमा परिणत भएको थियो । सो क्रममा दरवारबाट एतिहासिक समानाहरी चोरिएका थिए ।

लगभग ५ बिघा क्षेत्रफलमा निर्माण गरिएको दरवारको मुख्य भवन सहित थप ४ ओटा भावनाहरु यसैको पेरिमिटरमा पर्छ । यो बिक्रम संवत २०६० कार्तिक १५ गते देखि तत्कालिन शाही नेपालि सेनाको नियन्त्रणमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *