Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114
पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ | Jeetpur Khabar
Sunday, March 16
Shadow

पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ

प्रेम यादव
२६ भाद्र, रौतहट । चर्चित पूजारी हत्याकाण्डमा फरार रहेका ४ जनामध्ये १ जना प्रतिवादीलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी टोलीले खेसरहियाको पुजारी हत्याकाण्डमा फरार अभियुक्तलाई शनिबार पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–२ खैस्रैया चौक स्थित रहेको हनुमान मन्दिरको ६५ वर्षीय पुजारी श्री राम साहलाई २०७७ साल भाद्र ३ गते राति साढे ८ बजेको समयमा अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरेको थियो ।

ज्यान सम्बन्धी कसूर तथा संगठित अपराध मुद्दामा फरार रहेका जिल्ला रौतहट देवाही गोनाही नगरपालिका– १ करुनिया वस्ने शेख विकाउ भन्ने मोहमद कासिम आफ्नो घर ठेगानामा लुकी छिपी बसेको अवस्थामा फेला पारी निजलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नि–सुचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले जानकारी दिएका छन् । पक्राउ परेका निज कासिमलाई सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरी निरीक्षक कुँवरले जनाएको छ ।

रौतहट प्रहरी टोलीले फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा लागू औषध मुद्दामा १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।फैसला कार्यान्वयन पश्चात फरार रहेका प्रतिवादीहरुलाई खोजतलास एवं पक्राउ गर्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागू औषध मुद्दामा फरार प्रतिवादी जिल्ला रौतहट यमुनामाई गाउपालिका–४ सरुअठ्ठा टोल वस्ने देवनारायण साहको छोरा अंन्दाजी ४० बर्षीय नरेश साह भन्ने रामनरेश साह कानुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिभिन्न मुद्दामा फरार प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रम जारी छ । प्रहरी निरिक्षक कुवँर भन्छन् , “बिभिन्न मुद्दामा फरार प्रतिवादीहरुलाई हामीले खोज गर्न जुटेका छौँ, छिटै फरार रहेका प्रतिवादीहरुलाई नियन्त्रणमा लिनेछौँ ”

पुजारी हत्याकाण्ड

२०७७ भदौ ३ गते हनुमान मन्दिरको ६५ वर्षीय पुजारी श्री राम साहलाई राति साढे ८ बजेको समयमा खाना खाइरहेको अवस्थामा अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरेको थियो । उक्त हत्याकाण्डमा प्रहरीले सात जनालाई प्रतिवादी बनाएको थियो । जसमध्ये २ जना कारागार चलान भएका थिए । त्यस्तै घटनाका मुख्य योजनाकार मानिएका देवाही गोनाही नगरपालिका–१ का तत्कालिन वडाध्यक्ष शेख नरुल्लाहलाई २ लाख रुपैयाँ धरौटीमा छुट्न जिल्ला अदालत गौरले आदेश दिएको थियो ।

२ जना कारागार चलान

हनुमान मन्दिरका पुजारी साहलाई गोली हानेर फरार भएका मध्ये २ जनालाई प्रहरीले २०७७ भदौ १७ गते पक्राउ गरी कारबाहीको लागि अदालतमा पेस गरिएको थियो । देवाही गोनाही नगरपालिका–१ करुनियाका ३६ वर्षीय नरेश पटेल र जयनारायण राउत पटेल हाल गौर कारागारमा छन् । फरार रहेका ४ जना मध्ये शनिबार प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पूजारी श्रीरामको हत्याकाण्डमा प्रहरीले सात जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीमध्ये मुख्य योजनाकार मनिएका तत्कालिन वडाध्यक्ष शेख नरुल्लाह भने जिल्ला अदालत गौरमा सुटुक्क हाजिर भएका थिए । हाजिर भएकै दिन न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उनै न्यायधीश मौर्यको इजलासले २०७७ कार्तिक १९ गते सोही घटनाका आरोपी देवाही गोनाही नगरपालिका १ करुनियाका ३६ वर्षीइ रामनरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई तत्कालप्राप्त प्रमाणहरुबाट प्रतिवादी कसुरदार होइनन् भन्नसक्ने अवस्था नरहेकाले पछि प्रमाण बुझदै जाँदा ठहरेबमोजिम हुनेगरी हाल रामनरेश पटेल र बालकुमार पटेललाई मुलुकी फौजदारी कार्यविधि २०७४, बमोजिम पुर्पक्षको लागि थुनामा राख्ने आदेश गर्नुभएको थियो ।

पुर्पक्षका लागि कारागार चलान भएका पटेलद्वयले प्रहरीसमक्ष शेख नुरुल्लाहकै योजनाअनुसार बन्दुक र गोली मगाएर हत्या गरेको बयान दिएका थिए । शेख नुरुल्लाह सहित मस्ताज देवान, रामप्रवेश राउतकुर्मी, मोहम्मद कासिम र राजेन्द्रराउत कुर्मीको समेत संलग्नता रहेको भन्दै प्रहरीले प्रतिवादी बनाएको थियो । हत्याकाण्डमा संलग्न तिन जना प्रतिवादी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्वर्गीय पुजारी परिवारजन
हत्यारा पक्राउ गर्न माँग

(नोट :माथि दिएका तस्बिर २०७७ वर्षकै हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *