
प्रेम यादव
सर्लाही – प्रेम हुनु सामान्य छ । प्रेममा भागेकाे घटनापनि आज भाेली सबैले सुन्न पाएकै हाे ।
सर्लाहीका एक युवायुवती भारतमा पढ्दै थिए। पढ्दै जाँदा दुबैबिच प्रेम भयाे । जसपछि दुवै आफ्नो सहमतिले भागेर बिहे गरे । केटाकेटीकाे दुबै बालिक थिए जसकारण बिहे गरे ।
सन्तान आफ्नै सहमतिले बिहे गर्दा दु:ख युवा र युवती दुवैपक्षलाई हुन्छ । तर युवती बुवा भने आवेशमा आए । युवती बुवा धनि थिए । उनले पैसाकाे चलखेल गरेर युवाकाे घरमा प्रहरी पठाए । युवा त भेटिन् जसपछि उनले युवाकाे बुवालाई पैसाकाे माध्यमबाट थुन्न लगाए । एक सप्ताह जति थुनिए पछि युवाकाे बुवा रिहा भए ।
तर हालसम्म युवायुवती फेला पर्न सकेनन्। जसपछि पुन: युवतीकाे बुवाले उजुरी दिएर युवाकाे बुवालाई थुनामा राख्न लगाए । आइतबार थुनिएका पिडित माेहित महताेलाई हिरासतमा राखेकाे २४ घण्टा भन्दा बढी भयाे । बिना अपराध प्रहरीले कसैलाई २४ घन्टा भन्दा बढी थुन्न नमिल्ने कानुनमा उल्लेख छ । तर बरहथवा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्राले साे कानुनकाे धज्जिया उडाएकाे देखिन्छ।
प्रहरीले पैसाकाे प्रलाेभनमा मेरा श्रीमानलाई थुनेकाे पिडित महताेकाे श्रीमतीले भनिन् । कुनै कसुर नभएपनि उनले बारमबार श्रीमानलाई थुनामा राख्ने गरेकाे भन्दै उनले दुख पाेखे ।
(नाेट : गाेपनियताकाे हिसाबले युवायुवतीकाे नाम गाेप्य राखिएको छ। )