Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114
रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा | Jeetpur Khabar
Sunday, March 16
Shadow

रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

कलिलो उमेर ,हासिलो अनुहार तर अति परिपक्कव ब्यबहार । यो परिचय हो १८ बर्षीय रिजवान को । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर २ जमुनियामा बस्ने रिजवानको बिधालय शिक्षा छिमेकी नगरपालिका गुजारा वार्ड नम्बर ४ को माध्यमिक बिधालय कनकपुरमा भएको हो l उनि कुनै बेला सोहि बिधालयमा गठन गरिएका बाल संरक्षण बाल क्लबका सदस्य पनि हो । रिजवानको लागि बाल बिबाह र लैंगिक असमानता तथा बाल श्रम लगायतका समस्याहरु समाजका मुलभुत सामाजिक चुनौती हुन् ।



उनि अचेल घर देखि गाउ टोल सम्म बाल बिबाहको बिरोधमा अभियान संचालन गर्दै आएको हो । रिजवान भन्छन “बाल बिबाह लैंगिक असामानताको मूल जड हो । छोरीहरुको कम उमेरमा गरिने निकाह वा गवना ( बिबाह )ले कयौ पुस्ता सम्म असर गर्ने भएको र यो हाम्रो समाजको लागि सामान्य बिषय बनेकोले मैले यस बिरुद्ध सके सम्म अवाज उठाउदै छु।”
रिजवान अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय फोरमहरुमा बाल संरक्षणका सवालाहरुबारे वकालत गर्छन । उनि भन्छन ” बाल संरक्षणका कतिपय मुद्धाहरु सामाजिकीकरण भैसकेको छ । आम आखाले ति घटनाहरुलाई अपराध मान्दैन । बाल बिबाह,बाल श्रम तथा लैंगिक विभेदका मुद्धाहरु अहिले पनि अपराधको श्रेणीमा राखिएको छैन । यसले समाजलाई अझै जागरुक बनाउनु पर्ने देखिएको छ । “

रिजवानले आफु भित्र आएको नेतृत्व दाई भूमिकामा बाल क्लबको ठुलो योगदान रहेको बताउछन । ” बाल क्लबमा मेरो आवद्धता र बिभिन्न समयमा पाएका शिप तथा ज्ञानले म भित्रका आत्म बिस्वास बढाउन मदत गरेको छ ।, मैले बाल क्लबका अध्यक्षको हैसियतमा बिधालय स्तरबाटै खेलेको भूमिका तथा मैले देखाएको क्रियासिलताले मलाई स्थापित हुन् सहयोग पुगेको छ ” रिजवान बताउछन । उनले बाल क्लबमा आवद्ध भए पछिका सुरुवाती दिनलाई सम्झदै भन्छन ” म अध्यक्ष त् थिए तर म पदको वास्ता कहिल्यै गरिन । म मेरो मन र मस्तिष्कलाई निश्वार्थ र निश्चल भावको बाटोमा केन्द्रित गरेर बालबालिकाहरु माथि हुने हिँसा, दमन, शोषण, अत्याचार, सामाजिक कुरीति, बाल विवाह, दाईजो प्रथा, बाल अङ्ग बेचबिखन,बाल बेचबिखन,बाल श्रमको बिरुद्धमा सधैँ आवाज उठाइ रहे । केहि बाल बिवाह,बाल दुरब्यबाहार,बाल श्रम,लगायतका सामाजिक कुरीतिलाई हाम्रो समाजबाट निरुत्साहित गर्न पनि हामी सफल भयौ ।

मेरो यात्राको सुरुवातमा कतिपय व्यक्तिहरुले मेरो बिरुद्धमा बिभिन्न नकारात्मक टिक्का टिप्पणि पनि गरे । तर मैले ति सबै नकरात्मक खालका आरोपहरु मा ध्यान नदिएर मैले सुरु गरेको बालबालिकाहरुको हक, हित र अधिकारका निम्ति सत्य र न्यायको बाटोको गन्तव्यमा लागि परे। ” पछिल्लो समय रिजवान बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरमहरुमा पनि सदस्यता लिएको छ । “मेरो यात्रा मेरो स्थानीय तह सम्म मात्र सिमित नभई राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरको संघ संस्थामा पनि पुग्न सफल भएको छु । म राष्ट्रिय किशोर सञ्जालको प्रदेश सदस्यमा मनोनित भएको छु । त्यो संगै Word Friendship Organization को बोर्ड सदस्य, Living with Environment-Nepal, को सक्रिय सदस्य , कायापलट नामक संस्थाको जिल्ला संयोजकमा पनि मनोनित भएको छु। यसका साथै कटहरिया युवा क्लब (KYC) को सचिव पनि रहेको छु। यसको सँग सँगै United International Federation of Youth UN1FY मा नेपालको तर्फवाट सदस्य को रुपमा मनोनित भएको छु ।” रिजवान बताउछ । उनले बाल क्लबबाट प्राप्त शिप र आत्माबिस्वासकै बलमा अगाडि बढेको बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *