Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114
बाल विवाह अन्त्य गर्न वक्तृत्वकला तथा कविताकाे आयाेजना | Jeetpur Khabar
Sunday, March 16
Shadow

बाल विवाह अन्त्य गर्न वक्तृत्वकला तथा कविताकाे आयाेजना

रौतहट । बाल विवाह अन्त्य गर्न र बालबालिकामा जनचेतनाका लागि रौतहटको गरुडा नगरपालिका अवस्थित एक विद्यालयमा वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

आइतबार श्री नमुना माध्यमिक विद्यालय गरुडा प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको हाे ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आरडिसी नेपाल, सृजना रूपान्तरण समुह गरुडा नगरपालिका र गरुडा नगरपालिका शिक्षा शाखाको सहकार्यमा आयोजना गरिएको नगर स्तरीय “बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता ” मा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ ।


नगर भरिका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त वक्तृत्वकलामा बाल विवाहको अन्त्य र सभ्य समाजको निर्माण शीर्षकमा उत्कृष्ट वक्तव्य वाचन गर्दै श्री नमुना माध्यमिक विद्यालय गरुडाका छात्र अधिराज कुमार यादव प्रथम स्थान हासिल गर्न सफल भएको हो भने श्री मा. वि श्रीपुर गम्हरियाकी छात्रा शाहजहां वेगम द्वितीय र श्री रामचन्द्र मा. वि जिंगडियाका छात्र राहुल साह तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

यसैगरी कविता प्रतियोगितामा श्री रामचन्द्र मा. वि जिंगडियाकी छात्रा नन्दनी ठाकुर स्थान हासिल गर्न सफल भएकी हो भने श्री मा. वि जयनगरकी छात्रा सवाना खातुन द्वितीय र श्री रामचन्द्र मा. वि जिंगडियाका छात्र रक्की गुप्ता तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

सृजना रूपान्तरण समुह गरुडा नगरपालिकाकी अध्यक्ष सृजना शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गरुडा नगरपालिकाकी नगर उप-प्रमुख पुनम कुमारी चौधरी, नगर शिक्षा सह-संयोजक शेख चान्द अली, आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन, कोषाध्यक्ष ममता झा, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनाल, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख फुलमाया गुरौँ, पालिका भरिका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक-शिक्षिका,विद्यार्थीहरु, विभिन्न मिडियाका सञ्चारकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *