
रौतहट।श्रावण ०९। रौतहट संग साटिएको भारतीय खुला सिमानाकाबाट तस्करी भईरहेको जन–गुनासो फेरी बढ्दै गएका छन। भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले खुला सिमा नाकाको फाइदा उठाउँदै रौतहटको बिभिन्न चोर नाकाबाट कुख्यात तस्करीहरुले अहिले आफ्नो दोकान पुणह सुचारु गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटमा चैत महिनामा आएको प्रहरी उपरीक्षक दिलिप घिमिरेले पहिला फोकस तस्करी नियन्त्रणमा ध्यान दिएपनि रौतहटबाट घुमुवा परिचालन हुँदा गत जेष्ठको अन्तिम साता देखि पोको तस्करहरुको रामराज आएका छन्।
रौतहटमा बेलाबेलामा मातहतका ईन्चार्जहरुलाई ब्रिफिङ्ग गरेता पनि सादा पोसाकका घुमुवा परिचालन भए देखि सुरुमा आफ्नो कमाल हेराई अहिले पोको तस्करको बिगबिगी भएका छन्। पोको तस्करहरुले गर्दा रौतहटका ब्यपार दिनानुदिन धरापमा पर्दै गएको स्थानीय ब्यपारीहरुको जन-गुनासो गर्दै आएको छन्।
पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल सहित विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल-भारत गर्ने गरेको हुँदा सो तस्करी अहिले सादा पोसाकका घुमुवा प्रहरी सहायक हवल्दार राज कुमार गुरुङ आए देखि पोको तस्करहरुको रामराज भएका छन्। पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय पर्सामा घुमुवा बसेका प्रहरी सहायक हवल्दार गुरुङ तस्कर संग साटघाट राखेर पैसा उठाउने कार्य गरेकै कारण अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले समातेको थियो।
भने अहिले रौतहटमा सोही प्रहरी सहायक हवल्दार गुरुङ सादा पोसाकका घुमुवा बसी अन्तय बिभागका कार्यरत हेराई आफुले पोको तस्कर संग कुराकानी नगरी मातहतकै ईन्चार्ज संग लाखौंको चलखेल गरि रहेकै भरमा पोको तस्करहरुलाई अहिले रौतहटमा रामराज भएका स्थानीयहरुले बताउँछन्। त्यसतै रौतहटमा राजेश पासवान र रुपेशले ७० हजारको महिनावारीमा नेपालबाट कस्मेटिक समानहरु भारतमा अोसारपोसार गर्ने गर्छन्। भने अमरजित साहले बंजरहा नाकाबाट नेपालबाट गिट्टी र भारतबाट कपडा,किराना हार्डवेयर अोसारपोसार गर्ने गर्दछन्।
भने रौतहटकै महुलिया नाकाबाट कान्छाले लाखौंको तस्करीको लाईन मातहत सहित जिल्लाका घुमुवालाई रकमी चलखेल गरी भैंसी तथा रङ्गाको तस्करी गर्ने गर्छन्। भने पोको तस्करहरु कुदनी,क्रान्ति ममता,अंसु,मुकेश,राधेश्याम,धरमजित,रामप्रवेश,नबल सहित दर्जनौं तस्करहरुको केन्द्र बिन्दु भारतीय नागरिकका कपडा पसल महेश रेडिमेड बनेको हो। सोही कपडा पसलमा पोको तस्करहरुको सेटिङ्ग हुने गरेको एक ब्यपारीले बताएका छन्।