Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114
क्वेस्ट फर्मास्यूटीकल औषधी उधोग प्रालिको सहयोगमा जीतपुरमा बृक्षारोपण | Jeetpur Khabar
Sunday, March 16
Shadow

क्वेस्ट फर्मास्यूटीकल औषधी उधोग प्रालिको सहयोगमा जीतपुरमा बृक्षारोपण 

१० श्रावन। बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा ६ लेन सडकको छेउमा बिरुवा रोपिएको छ । वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस् भन्ने हेतुले बाटोको छेउमा विभिन्न प्रजातिको बिरुवा रोपिएको हो । मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको बिशेष उपस्थितिमा जीतपुर शान्ती टोल खेल मैदान देखि बिरुवा रोप्न सुरु गरिएको छ।

 

वृक्षरोपण कार्यक्रमको सुरुआत गर्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले मोटर बाटो खन्दा वातावरणीय पक्षलाई जोगाउन नसक्दा हुने नोक्सानीलाई परिपूर्ति गर्न वृक्षरोपणले सहयोग पुग्ने विस्वाँस व्यक्त गर्नुभएको छ । वाताबरण संरक्षण र पैदल यात्रीलाई शितलता दिनेगरि सडक छेउमा बिरुवा रोप्ने र हरियाली सडक नामाकरण गर्ने वडाको सोच अनुसार क्वेस्ट फर्मास्यूटीकल औसधि उधोग प्रालिको सहयोगमा गरिएको वृक्षारोपण कार्यको प्रसंशा समेत गर्नुभएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ जीतपुरको आयोजना तथा क्वेस्ट फर्मास्यूटीकल औसधि उधोग प्रालिको सहयोगमा जीतपुरमा सडक छेउमा बिरुवा रोपिएको वडाध्यक्ष सुनिल कुमार गुप्ताले बताउनु भयो ।क्वेस्ट फर्मास्यूटीकल औसधि उधोग प्रालि बिरुवा को साथ साथै बिरुवाको संरक्षणको लागि फलाम सहितको जाली उपलब्ध गराएकोमा उहाँले औषधी उधोगलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।उक्त बिरुवा रोप्ने कार्यक्रममा जीतपुरसिमराका भर भलाद्मीहरुको उपस्तिथि रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *