Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114
मधेस प्रदेश | Jeetpur Khabar
Sunday, March 16
Shadow

मधेस प्रदेश

नक्कली नेपाली नोटसहित बारा बाट एक जना पक्राउ

नक्कली नेपाली नोटसहित बारा बाट एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मधेस प्रदेश, मुख्य समाचार
०५  श्रावन बारा  । बारा प्रहरीले नक्कली नेपाली नोटसहित  १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय सिमरौनगढ बाट खटिएको प्रहरीको टोलिले सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरीलाई पक्राउ गरेको हो ।   बिहीबार प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले महुवाहीस्थित सडक खण्डमा महुवाहीबाट नयकाटोल तर्फ जाँदै गरेको 'अन टेस्ट' बाइकमा नक्कली नोट ओसार पसार भइरहेको फेला पारेको थियो ।  गिरीको साथबाट नेपाली रु. १ हजार दरको  पचासी हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जानकारी गराएको छ ।...
महागढीमाई नगरपालिकाको ८ औं नगरसभा सम्पन्न,कृषिलाई विशेष प्राथमिकता

महागढीमाई नगरपालिकाको ८ औं नगरसभा सम्पन्न,कृषिलाई विशेष प्राथमिकता

banner-news-1, मधेस प्रदेश
अखिलेश कुमार यादव। ०५ असार।बारा : बाराको महागढीमाई नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको सभाहलमा आयोजित ८ औं नगरसभामा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले महागढीमाई नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि नीति,कार्यक्रम तथा बजेट प्रस्तुत  गरेको हो।   नगर प्रमुख यादवले संघीय सरकारबाट प्राप्त हुने अनुदान रु १४ करोड ६२ लाख  शसर्त अनुदान २७ करोड ८८ लाख ९९ हजार ५ सय शसर्त अनुदान पुजिगत तर्फ रु ११ करोड ५७ लाख २८ हजार विशेष अनुदान रु २ करोड सम्पुरक अनुदान तर्फ रु १ करोड ५० लाख राजेश्व बाडफाड तर्फ रु १२ करोड ३ लाख ७१ हजार प्रदेश शसर्त अनुदान रु ९५ लाख विशेष अनुदान ३० लाख सम्पुरक अनुदान २० लाख राजश्व बाडफाड बाट रु ४० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट रु ५ करोड गरि जम्मा ७७ करोड ५४ लाख ९८ हजार ५ सयको बजेट प्रस्तावित गरेका हुन्।   नीति...
महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा भेटिए

महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा भेटिए

banner-news-2, मधेस प्रदेश
धनुषा । धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको बताउनुभयो । रुबीको श्रीमान् राजनारायण यादव केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । स्वदेश फर्किएपछि यादवसँग निरन्तर झगडा हुँदै आएको थियो । गत शनिबारदेखि हराइरहेकी रुबीको खोजी गर्न उनका भाइ अनितले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको थियो ।   रुबी बेपत्ता भएको उजुरी परेपछि सम्भावित स्थानमा खोजतलास गर्दा शनिबार राति मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा शव फेला परेको प्रहरी निरिक्षक साहले बताउनुभयो । प्रहर...
अत्यधिक गर्मी बढे संगै जीतपुरसिमरा उपमहानगरपालिकामा २ दिन विद्यालय बन्द 

अत्यधिक गर्मी बढे संगै जीतपुरसिमरा उपमहानगरपालिकामा २ दिन विद्यालय बन्द 

banner-news-1, मधेस प्रदेश
बारा । अत्यधिक गर्मी बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि दुई दिनका लागि जीतपुरसिमरा उपमहानगर अन्तर्गतका निजि तथा सामुदायिक  विद्यालयमा गर्मी बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव शिवजी प्रसादले बताए । ‘बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेको छ, त्यसले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्छन्,’उनले भने, ‘अहिले गरिएको गर्मी बिदा बर्षे बिदामा कटौती गर्ने गरी व्यवस्थापन गर्न पनि विद्यालयहरूलाई निर्देशन गरिएको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले बताए ।   जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो चरणमा जेठ १६ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमागर्मि  बिदा दिइएको थियो भने गर्मी फेरि बढे संगै जेठ ३१ र ३२ गते विद्यालय बन्द हुने उपमहानगरले निकालेको सूचनामा उल्लेख गरेको छ ।जीतपुरसिम...
सशस्त्र प्रहरी बल नेपाल ४० न. गण पिलुवा बाराको२३ औं स्थापना दिवस सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल ४० न. गण पिलुवा बाराको२३ औं स्थापना दिवस सम्पन्न

banner-news-2, मधेस प्रदेश
अखिलेश कुमार यादव ।जेठ १४ गते। सशस्त्र प्रहरी बल नेपाल ४० न. गण पिलुवा बाराको आयोजनामा २३ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नम्बर ४० गण हेड क्वाटर पिलुवा बाराले सोमबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका २ नम्बर बाहिनी मुख्यालयका गणपति सशस्त्र प्रहरी नायब महानिरिक्षक दिपेन्द्र साहले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न सफल भएको बताए ।सशस्त्र प्रहरी बलले विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्नुका साथै सरोकारवाला निकायहरू सँगको समन्वय सहकार्यमा सामाजिक कार्यमा पनि अहम् भूमिका निर्वाह गर्दै आइरहेको बताए ।   सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गणको २३ औं स्थापना दिवसको अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधि...
फत्तेपुर बजारको अबैध संरचना माथि चल्यो डोजर

फत्तेपुर बजारको अबैध संरचना माथि चल्यो डोजर

मधेस प्रदेश, मुख्य समाचार
बारा ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर चलाएको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले पटक पटक सुचना निकालेको थियो तर स्थानीयहरुले अटेरी गर्दै आए पछि शनिवार जीतपुरसिमरा उपमहानगरपालिकाले डोजर चलाएको छ ।साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ । सो १८ कठा सार्वजनिक जग्गा मध्ये ६ कठा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कठा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेको छ ।सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो तर सार्वज...
अपराध र तस्करी नियन्त्रणमा कठोर बन्दै रौतहट प्रहरी प्रमुख घिमिरे 

अपराध र तस्करी नियन्त्रणमा कठोर बन्दै रौतहट प्रहरी प्रमुख घिमिरे 

मधेस प्रदेश
अमित ठाकुर।रौतहट बैशाख ३०। जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरे हाजिर भएपछि अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्। गत चैतको अन्तिम सातामा रौतहट प्रहरी प्रमुखमा हाजिर भएपछि प्रहरी उपरीक्षक घिमिरेले दर्जनौँ तस्करलाई तस्करीको सामानसहित पक्राउ गरी भन्सारमा बुझाएका प्रहरी नायव उपरीक्षक गिरीले बताईन् ।   रौतहट संग साटिएका भारत बिहारका खुला सिमानामा तस्करहरुले पछिल्लो समयमा खुल्याम तस्करी गरिरहदा अहिले करिब १ महिना देखि तस्करी नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्। आफू हाजिर भएकै दिनदेखि बिगतमा अपराध नियन्त्रण नहुँदा हाम्रो पालामा नियन्त्रणमा बिस्तारै आईरहेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड लिएका प्रहरी उप...
पक्राउ परेका केही घण्टामै रिहा भए खशीको मासु भनेर बाख्राको मासु बेच्ने देवान

पक्राउ परेका केही घण्टामै रिहा भए खशीको मासु भनेर बाख्राको मासु बेच्ने देवान

मधेस प्रदेश
बारा : बाराको जीतपुरमा खशीको मासु भनेर बाख्राको मासु बेचेको आरोपमा पक्राउ परेका मिश्री देवान प्रहरीको हिरासत बाट रिहा भएको छ ।शुक्रवार बेलुका जीतपुर स्थित मुस्कान सप्लयार्स एन्ड फ्रेस हाउसमा प्रहरीले चेक जांच गर्दा खशीको मासु भनेर बाख्रा मासु बेचिरहेको भेटिएको थियो।   बाख्राको मासु बेचेर ग्राहकलाई ठगिरहेको भन्दै ईलाका प्रहरी कार्यालय जीतपुरले मुस्कान सप्लयार्सका संचालक मिश्री देवानलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा बुझाएको थियो ।डिएसपिलाई मोटो रकम दिएर देवान बाहिर आएको उनले आफै बाटोमा हुहल्ला गरेर भन्दै गरेको भेटिएको छ।   बिना अनुसन्धान गरिनै यसरी प्रहरीले दोषिलाई कार्वाही गर्नुको सट्टा पैसा लिएर दोषिको संरक्षण गर्नुले प्रहरी माथी आमनागरिक जुन बिश्वास छ त्यो घट्दै गईरहेको छ।देवान प्रहरी हिरासत बाट बाहिरिए संगै जीतपुर आएर सडकमा आफुले भोलि देखि पुनः खशीको मासु भ...
प्रहरीसहित राजस्व टाेलीले छापा मारेपछि व्यावसायी आतङ्कित

प्रहरीसहित राजस्व टाेलीले छापा मारेपछि व्यावसायी आतङ्कित

banner-news-2, मधेस प्रदेश
सिरहा । सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा पसलसहितको घरमा छापा मारेको छ ।विशेष सुचनाको आधारमा आएको राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले पसलसहितको घरमा छापा मार्ने क्रममा घरको चारैतिरबाट सशस्त्र प्रहरीले घेरेर बसेपछि स्थानीय व्यवसायी आतङ्कित बनेको छन ।   बुधवार करिव ३ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख कार्यालय प्रमुख सुरेश अाचार्ययको नेतृत्वमा आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्था चौकमा रहेको कल्याण ट्रडेर्सको पसलसहतिको घरमा चारैतिरवाट घेरा हाले पछि स्थानीय व्यावसायी आतङ्कीत बनेका हुन ।   टोलिले पसल, गोदाम र घर खानलासी गरिसकेर पनि हतियारसहितका प्रहरीले घर घेरेर बस्दा आफूहरु रातभरी सुत्न नसकेको व्यासायी बताउँछन्। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्ये...
दुई समुदायबीच झडप भएपछि मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा जारी

दुई समुदायबीच झडप भएपछि मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा जारी

banner-news-1, ताजा-अपडेट, मधेस प्रदेश
सर्लाही- सर्लाही जिल्ला सदरमुकाम मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ। दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मंगलवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो। मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा- ३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ।कफ्र्यु आदेशपछि अह...