Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 6114
विचार | Jeetpur Khabar
Sunday, March 16
Shadow

विचार

रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

अन्य, ताजा-अपडेट, विचार
कलिलो उमेर ,हासिलो अनुहार तर अति परिपक्कव ब्यबहार । यो परिचय हो १८ बर्षीय रिजवान को । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर २ जमुनियामा बस्ने रिजवानको बिधालय शिक्षा छिमेकी नगरपालिका गुजारा वार्ड नम्बर ४ को माध्यमिक बिधालय कनकपुरमा भएको हो l उनि कुनै बेला सोहि बिधालयमा गठन गरिएका बाल संरक्षण बाल क्लबका सदस्य पनि हो । रिजवानको लागि बाल बिबाह र लैंगिक असमानता तथा बाल श्रम लगायतका समस्याहरु समाजका मुलभुत सामाजिक चुनौती हुन् । उनि अचेल घर देखि गाउ टोल सम्म बाल बिबाहको बिरोधमा अभियान संचालन गर्दै आएको हो । रिजवान भन्छन “बाल बिबाह लैंगिक असामानताको मूल जड हो । छोरीहरुको कम उमेरमा गरिने निकाह वा गवना ( बिबाह )ले कयौ पुस्ता सम्म असर गर्ने भएको र यो हाम्रो समाजको लागि सामान्य बिषय बनेकोले मैले यस बिरुद्ध सके सम्म अवाज उठाउदै छु।" रिजवान अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट...
मैले देखेको यूवा पुस्ता…

मैले देखेको यूवा पुस्ता…

ताजा-अपडेट, विचार
निलु झा, मैले वा हामीले देखिरहेका हेरिरहेका किशोर किशोरी तथा यूवाहरुको बारेमा आज केहि लेख्ने आँट गरेको छु ।हामी र अहिलेको पुस्तामा कतिको फराकिलोपन आईसकेको रहेछ भन्ने कुरा अनुभव भैरहेको छ ।हामी दश कक्षा पढीसकेपछि पनि मोबाईल हेर्न पाएका थिएनौ । भने अहिलेको बच्चाहरु शुरुदेखि नै मोबाईल भलाउ पोख्त भैसकेका छन् । हामी पढने बेलामा शिक्षकले कहिले काहि गल्ति नगर्दा पनि भूलवस सजाय दिदाँ पनि चुईक्क नबोल्ने हामी तर अहिलेको किशोर किशोरीहरुलाई गल्ति गर्दा पनि कतिपय शीक्षकको सजाय गर्ने आँट आउदैन ।यता शिक्षक पढाई रहेका हुन्छन भने अर्कोतिर केहि उत्शृख्ल बिधार्थिहरुले टिकटक बनाई रहेको समेत सूनेको छु ।हाल म घर बाट ऋफिस जाने क्रममा केहि किशोरीहरुलाई हेर्छु जो प्राय अरुभन्दा एकलिएर एउटा केटासंग कुरा गरिरहेको हुन्छ भने केहिको कानमा मोबाईल फोन हुन्छ त्यो फोनको कुरा गर्न लाई बाटोमै उभिएर कतिक बेर ...
पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

banner-news-1, ताजा-अपडेट, विचार
धर्मेन्द्र कुमार साह, पुरेनवा दरवार अहिलेको गौर नगरपालिकामा पर्छ । गौर नगरपालिका वार्ड नम्बर ८ पुरेनावामा बनाइएकोले पनि त्यसलाई पुरेनावा दरवारको रुपमा चिनिन्छ । बिक्रम संवत .१९८१ मा निर्माण गरिएको पुरेनावा दरवार माओवादी जनयुद्ध चरममा पुगे देखि हाल नेपालि सेनाको नियन्त्रणमा रहेको छ । तत्कालिन समयमा सो दरवार निर्माणको लागि भारतीय शहर सितामढिबाट मिस्त्री तथा कालिगढहरुलाई बोलाइएको थियो । दरवारमा लागेका सामाग्रीहरु फ्रान्स,जापान तथा बेलायतका बिभिन्न शहरबाट ल्याइएका थिए । सो दरवार निकैनै कलात्मक र भब्य रुपमा बनाइएको छ । पुरेनावा दरवार तत्कालिन राणा तुङ्ग शम्सेर र तिनका परिवारको लागी निर्माण गरिएको थियो । तुङ्ग शम्सेर राणा खंग शम्सेर राणाका छोरा हुन् । खंग शमसेरलाई पाल्पा दरवारको राजा समेत मानिन्छ । दरवार बन्दा सम्म राणाहरु सो ठाउबाट करिब २ किलोमिटर उत्तर हजमिनियामा बस्ने गरेका थिए । सो...
पहिरन र शृङ्गारमा सजिएपछि…..

पहिरन र शृङ्गारमा सजिएपछि…..

ताजा-अपडेट, विचार
नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिएको मुलुक हो। नेपालका विविध संस्कृतिहरू हाम्रा साझा सम्पत्ति हुन्। मानव सभ्यताको विकास क्रममा निर्मित भौतिक तथा आध्यात्मिक मूल्यको संश्लेषण नै संस्कृति हो। चाडपर्वहरू संस्कृतिका एक प्रमुख अङ्ग हुन्। नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये तीज महìवपूर्ण पर्व हो। बदलिँदो परिस्थितिबमोजिम यस पर्वलाई मनाउने क्रममा थुप्रै परिवर्तन हुँदै गएको हुँदा यसले नेपाली समाजको सामाजिक–सांस्कृतिक झलकप्रस्तुत हुने गर्दछ। संस्कृतिभित्र विचार, व्यवहार, मूल्यमान्यता, रीतिरिवाज, चालचलन र कला आदि पर्दछन्। चाडपर्वले राष्ट्रिय भावना जगाउने गर्दछ। साथै यसले जीवनोपयोगी शिक्षा दिने गर्दछ। यसले मानव जीवनमा नयाँ जोश, नयाँ शक्ति, नयाँ स्पूmर्ति, नयाँ प्रेरणा प्रदान गर्दछ। चाडपर्व उत्पत्तिको विषयमा कसैले यसलाई धार्मिक तथा कसैले यसलाई अन्य कारण भनी व्याख्या विश्लेषण गरे पनि वास्...
राजनीति कि लाजनीति ?

राजनीति कि लाजनीति ?

banner-news-1, ताजा-अपडेट, विचार
प्रेम यादव, राजनीति वा लाजनिति — "काम नगर्दा नि हुने , गफ गरेकै भरमा, झुट बोलेकै भरमा, धम्की देखाएकै भरमा जिविका चलाउन पुग्ने । लाउन खान मात्र हैन, मनग्ये धनी बन्न सकिने , दौलत र सम्पत्ति आर्जन गर्न सकिने । " नेपाल मा राजनीति भनेको धारा पधेरा मा गरिन्छ,अर्का को खुट्टा तान्न मा गरिन्छ,अपहरण गर्न मा गरिन्छ,बलत्कारी बचाउन मा गरिन्छ तेसै गरि सबै क्षेत्रमा जानी न जानी संलग्न छन !! राजनिती गर्नै पर्ने ? साच्चिकै भन्नू पर्दा जनता भन्दा नेता बढी देख्न थालेको छु कलकारखाना र उद्योग भन्दा राजनीतिक पार्टी धेरै देख्दै छु भने पछि राजनीति भने को रास्ट्र को सेवा गर्ने धर्म हो भन्ने परिभाषा बिर्सेर राजनीति लाई ब्यापार व्यावसाय र कमाइ खाने भाडो बनाए कै हुन त ? हामी ले ठुला ठुला चुनाव देख्यौ ,ती चुनाव मा केही दल हरु अरु संग हारेन्न बरु अफ्नै संग पराजित हुनु पर्यो , सौता को रिश ले पोइ को काख मा फोहो...
मधेसमा कांग्रेसको बलियो उपस्थिति

मधेसमा कांग्रेसको बलियो उपस्थिति

ताजा-अपडेट, विचार
रामनारायण देव, स्थानीय तहको चुनाव सम्पन्न भएर नतिजा पनि आइसकेको छ । नेपाली कांग्रेस सबभन्दा बढी स्थानमा विजयी भएको छ । खासगरी कांग्रेसको परम्परागत गढको रुपमा परिचित मधेसमा पनि मधेस केन्द्रित दलहरूसँग कडा प्रतिस्पर्धा भए पनि सन्तोषजनक परिणाम ल्याउन सफल भएको छ । कांग्रेसको प्रतिस्पर्धा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग बढी थियो । ठाउँठाउँमा नेकपा ९एमाले० सित पनि प्रतिस्पर्धा भएको थियो । तर सबै दललाई पछि पार्दै कांग्रेस अगाडि बढेको छ । यति हुँदाहुँदै पनि मधेसमा कांग्रेसको पहिलेको वर्चस्व घटेको छ । यसका अनेक कारणहरू छन् । कांग्रेसले योग्य, सक्षम र जनाधार भएको उम्मेदवारलाई टिकट नदिएर पहुँच र व्यक्तिगत सम्बन्धको आधारमा केन्द्रीय नेतृत्वद्वारा टिकट वितरण गर्नु प्रमुख कारण थियो भने अर्कोतिर टिकट न पाएर कतिपय कांग्रेसका कार्यकर्ता स्वतन्त्र भएर वा अर्को पार्टीबाट रातार...
इतिहास : दरबार हत्याकाण्ड

इतिहास : दरबार हत्याकाण्ड

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, विचार
प्रेम यादव, १९ जेठ, रौतहट । आज जेठ १९ गते । यही मिति हो जसले दरबार हत्याकाण्डको सम्झना गराउँछ । यही दिन राजपरिवारका १० सदस्यको हत्या भएको थियो । त्यही भएर यस मितिलाई दरबार हत्याकाण्डको नाम दिइयो । देशको राजधानी काठमाण्डौँमा अवस्थित नारायणहिटी राजदरबार जसलाई पछि सङ्ग्रालयमा परिणत गरिएको हो केहि दश पहिला राजा बस्ने महल थियो । इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा प्रचलित हत्याकाण्डमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी हत्या गरियो । गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो । अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञान...
कछुवा…

कछुवा…

ताजा-अपडेट, मुख्य समाचार, विचार
प्रेम यादव, कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो। प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ। बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ । उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो। सम्भवतः प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन र झण्डै २० करोड वर्षदेखि प्रकृतिको अनगिन्ती आरोह अवरोहलाई झेल्दै आफूलाई सुरक्षित राख्न सफल प्राणीमा पनि कछुवा नै पर्दछन्। कछुवाको प्रकार तथा पाइने स्थान कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ। ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ। अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दुर्गन्धको भाँडो नै भनिन्छ। उनीहरू अलिकत...
एउटा मुहार जसमा संसार झल्किन्छ

एउटा मुहार जसमा संसार झल्किन्छ

banner-news-1, ताजा-अपडेट, विचार
प्रेम यादव, १७ वैशाख, रौतहट । आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । एउटा मुहार जसमा संसार झल्किन्छ त्यसलाई आमा भनिन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आज उनै आमालाई पुज्ने दिन । माता तीर्थ औँसी । शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ ।                 "मातृ देवो भवः" तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् । आमाको गरिमा र महिमाबारे शास्त्रमा पनि धेरै शब्द खर्चिएको पाइन्छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ। प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्...
रामनगरबासिका लागि डा. रायले ल्याये यस्तो अफर , नगर भरी रायको प्रसंशा

रामनगरबासिका लागि डा. रायले ल्याये यस्तो अफर , नगर भरी रायको प्रसंशा

मुख्य समाचार, राजनीति, विचार
सचतक नेपाल , सर्लाही ।  नेपालको इतिहासमा दोस्रो पटक २०७८ बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा उत्रिने अकान्क्षिहरु आ–आफ्नो चुनावी नारा लिएर उमेदवारी दिने घोषणा गरेका गरेका छन । सर्लाहीको २० वटा स्थानीय तह मध्ये राम नगर गाउँपालिकाका विभिन्न क्षेत्रमा उम्मेदवारी दिनेहरुले स्थानिय तहको विकासमा प्रतिबद्धता जनाएका छन् ।        यसैबीच राम नगर गाउँपालिका अध्यक्ष पदमा उमेदवारि दिने घोषणा गरेका डा. उमा शंकर राय यादवले आफ्ना प्रतिबद्धता( घोषणा पत्र) सार्वजनिक गरेका हुन । यादवले सार्वजनिक गरेको अवधारणा प्रतिबद्धता : १. म तलव , भत्ता , सेवा , सुबिधा , सुरक्षा केही लिने छैन । म निस्वार्थ रुपमा निशुल्क काम गर्ने छु । २. म कार्यभार समालेको पहिलो दिन र कार्यभार छाड्ने अन्तिम दिन आफ्नो नाममा भएको चल अचल सम्पती प्रमाण सहित सार्वजनिक गर्ने छु । ३. म पाच बर्षको अवधीभर पैसा कमाउने कु...