
मैले देखेको यूवा पुस्ता…
निलु झा, मैले वा हामीले देखिरहेका हेरिरहेका किशोर किशोरी तथा यूवाहरुको बारेमा आज केहि लेख्ने आँट गरेको छु ।हामी र अहिलेको पुस्तामा कतिको फराकिलोपन आईसकेको रहेछ भन्ने कुरा अनुभव भैरहेको छ ।हामी दश कक्षा पढीसकेपछि पनि मोबाईल हेर्न पाएका थिएनौ । भने अहिलेको बच्चाहरु शुरुदेखि नै मोबाईल भलाउ पोख्त भैसकेका छन् ।
हामी पढने बेलामा शिक्षकले कहिले काहि गल्ति नगर्दा पनि भूलवस सजाय दिदाँ पनि चुईक्क नबोल्ने हामी तर अहिलेको किशोर किशोरीहरुलाई गल्ति गर्दा पनि कतिपय शीक्षकको सजाय गर्ने आँट आउदैन ।यता शिक्षक पढाई रहेका हुन्छन भने अर्कोतिर केहि उत्शृख्ल बिधार्थिहरुले टिकटक बनाई रहेको समेत सूनेको छु ।हाल म घर बाट ऋफिस जाने क्रममा केहि किशोरीहरुलाई हेर्छु जो प्राय अरुभन्दा एकलिएर एउटा केटासंग कुरा गरिरहेको हुन्छ भने केहिको कानमा मोबाईल फोन हुन्छ त्यो फोनको कुरा गर्न लाई बाटोमै उभिएर कतिक बेर ...